प्रेस चौतारी विराटनगरको अध्यक्षमा ढुंगाना 

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १८:३६
प्रेस चौतारी विराटनगरको अध्यक्षमा ढुंगाना 

विराटनगर । प्रेस चौतारी विराटनगर महानगर कमिटीको अध्यक्षमा निशान्त ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा शुक्रबार भएको भेलाले ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा रश्मि थापा, सचिवमा रोशन पोखरेल र कोषाध्यक्षमा सम्झना कार्की चयन भए ।

त्यस्तै, कमिटीको सदस्यहरूमा सुजता राई, राम खत्री र काजल देव चयन भएका छन् ।

महानगर कमिटी गठन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विक्रम लुइँटेल, कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवालगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा एसईई परीक्षामा ४.० जीपीए ल्याउने प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य श्यामसुन्दर सुतिहारका छोरा श्रेय शर्मालाई सम्मान गरियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.