प्रतीकात्मक तस्बिरविराटनगर । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित ग्यारेजमा शुक्रबार राति आगलागी भएको छ ।
यदुनाथ मिश्रले सञ्चालन गर्दै आएको टिनको छानो र टिनको पर्खाल भएको १ तले ग्यारेजमा राति ११ः१५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट इन्जिन मर्मत गर्ने ६ वटा मेसिन, मर्मतका लागि ल्याइएका करिब ६–७ वटा विभिन्न सवारीसाधनका इन्जिन जलेर नष्ट भएका छन् ।
साथै, ग्यारेजमा मर्मतका लागि राखिएको मे १ क ६४४ नम्बरको टिपरको अगाडिको भाग समेत जलेको छ । ग्यारेज पूर्ण रूपमा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाबाट २ वटा दमकल परिचालन गरिएको थियो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको पव्रहरीले जनाएको छ ।

























