
विराटनगर । विराटनगरमा शुक्रबार राति करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ इक्राहीका ६० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले बताए ।
उनका अनुसार आफ्नै घरको पर्खालमा पानी लगाएर मोटर बन्द गर्ने क्रममा राति ८ः३० बजेतिर यादवलाई अचानक करेन्ट लागेको पाइएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























