
विराटनगर । सेवा प्रवेशको चौथो वार्षिकोत्सवमा कानुन अधिकृतहरुले पूर्वाञ्चल बाल सेवा आश्रम विराटनगरमा कानुनी सचेतना कार्यक्रम गरेका छन् ।
शनिबार कानुन सेवा प्रवेश गरेका २० जना अधिकृतले आश्रममा सचेतना कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमको समन्वय उच्च अदालत विराटनगरमा कार्यरत बसन्त लिम्बुले गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला अदालत मोरङका अधिकृत राम खेलौन मेहताले गरेका थिए । कार्यक्रममा उच्च अदालत विराटनगरमा कार्यरत रवीन्द्र थापाले कानुनी परामर्श गरेका थिए । उद्योग, कृषि तथा सरकारी मन्त्रालयमा कार्यरत अधिकृत शंकर बाराकोटीले कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेका थिए ।
न्यायपालिका र कार्यकारी निकायका कर्मचारीले बाल सेवा आश्रमका बालबालिकाहरूलाई कानुनी शिक्षा र सचेतना प्रदान गरेको मेहताले जानकारी दिए ।
यी हुन् २० अधिकृतहरु























