कारागार छाड्दै गर्दा रविले भित्तामा लेखे,‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नु पर्नेछ’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार १७:३०
जेलमा सुरक्षित नरहेको दाबी गर्दै रविकी श्रीमती जमानत माग्दै उच्चमा 

काठमाडौं । रुपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कृष्णा जन्माष्टमीको दिन शनिबार ललितपुरको नख्खु कारागार सुरुवा भएको छ । १२६ दिन रुपन्देही कारागारमा बिताएका उनले कृष्णा जन्माष्टमी कै दिन सरुवा हुँदा कारागारमा ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नु पर्नेछ’ लेखेका छन् ।

आफू बसेको भित्तामा लेखेर आएको जानकारी पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई बताएका हुन् । जसबारे प्रवक्ता झाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भएन पाएनन् , विमानस्थलको यात्रु प्रतिक्षालयमा केहीबेर भेट भएको प्रवक्ता झाले बताएका छन् ।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले उल्लेख गरेका छन् । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै लेखेका छन्,‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.