इटहरीको बजेट १ महिनापछि पारित

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार १८:०९

इटहरी । इटहरी उपमहानगरपालिकाले बजेट पारित भएको छ । १ महिना बजेट शून्यताको अवस्थापछि शनिबार बजेट पारित भएको हो । गत असार १० गते बजेट पेश भएपछि नगरसभा स्थगित भएकाे थियाे ।

शनिबार बसेको १६ औं नगरसभाले चालु आर्थिक वर्षका लागि २०८२/८३  का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित भएको हो । बजेट पारित गर्दाको मिति भने असार १० गते नै राखिएको छ ।

चालु खर्चतर्फ इटहरी सरकारले १ अर्ब चार करोड ११ लाख १० हजार बजेट ल्याएको छ । वित्तिय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीका लागि ९० लाख अर्थात कूल बजेटको ०.३५ प्रतिशत र पूजीगत तर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुट्याएको छ ।

चालु आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख संगीताकुमारी चौधरीले जानकारी दिइन् ।

यसअघि इटहरी उपमहानगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच विवाद हुँदा बजेट अन्योल भएको थियो । इटहरी उपमहानगरपालिका– ३ का अध्यक्ष उमेश सुवेदीका अनुसार बजेट शीर्षकको अनुसूची राख्न मेयर पौडेल तयार भएपछि बजेट पारित भएको हो ।

‘शीर्षक अनुसारको बजेट छुट्याउन नगरप्रमुख सहमत भएपछि बजेट पारित भयो,’ उनले भने,‘ पटक पटक छलफल गरी सहमति भएको थियो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.