
विराटनगर । कोशी प्रदेशको राज्यमन्त्री पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि विराटनगर विमानस्थल पुगेकी छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट बनेकी राज्यमन्त्री सृजना राई सोमबार भण्डारीलाई स्वागत गर्न विमानस्थल पुगेकी हुन् ।

नेकपा (एमाले) संस्थापन पक्षले विद्या भण्डारीको पक्षमा बहस तथा छलफल गर्न प्रतिबन्ध लगाएको छ । पार्टीले भण्डारीको पक्षमा बोल्नका लागि प्रतिबन्ध लगाएको अवस्थामा राई स्वागतका लागि विमानस्थल पुगेकी छन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किसकेकी पूर्वराष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्री पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

























