राज्यप्रति जनताको विश्वास कमजोर भयो : विद्या भण्डारी

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार २०:२९

विराटनगर । राज्यप्रति जनताको विश्वास दैनिक रुपमा कमजोर हुँदै गएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । उद्घोष दैनिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सुशासन र पारददर्शीताको अभावले नागरिकको विश्वास कमजोर भएको बताएकी हुन् ।

‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ ।’

नेपालको विकासमा विभिन्न चुनौति र अवरोध रहेको उनको भनाइ छ ।

‘नेपालको समग्र विकासको मार्गमा आज पनि विभिन्न चुनौती र अवरोधहरु रहेका छन् । जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शीताको कमी, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामीण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन्,’ लिखित मन्तब्य दिएकी उनले भनिन्,‘ यी चुनौतीहरुले राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्‍याउने मात्र नभई दिगो विकासका लक्ष्यहरु हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.