मुलुकी खबर दोस्रो वर्षमा 

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार ०९:३३

विराटनगर । मुलुकी सञ्चार नेटवर्क प्रालिले सञ्चालन गरेको मुलुकी खबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । 

सन्तुलित, विश्वसनीय एवं तथ्यपरक सूचना प्रवाह गर्ने उद्देश्य राख्दै कोशी प्रदेशको राजधानी विराटनगरबाट सञ्चालनमा आएको अनलाइनले अपराध र कानुनका विषयलाई प्राथमिकतामा राखेर समाचार, लेख र भिडियो सामग्री उत्पादन तथा प्रकाशन गर्दै आएको छ ।

गत वर्ष आजकै दिन मुलुकी खबर अनलाइनको औपचारिक उद्घाटन भएको  थियो । 

पहिलो वार्षिकोत्सवको अवसरमा मुलुकी खबरले कटहरी गाउँपालिका– ६ भौडाहामा रहेको प्रजातन्त्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग ‘सामाजिक सञ्जाल र कानुनी व्यवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

वार्षिकोत्सवको अवसरमा आज दोस्रो दिन विराटेश्वर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना वितरण गर्ने कार्यक्रम रहेको छ । 

कानुन र अपराधका विषयलाई प्राथमिकता राखेर सुरु गरेको मुलुकी खबरले छोटो समयमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँसम्म आइपुग्न साथ दिनुहुने सम्पूर्ण पाठक, दर्शक, श्रोता, विज्ञापनदाता तथा शुभचिन्तक प्रति मुलुकी खबर परिवार हार्दिक आभार व्यक्त गर्दछ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.