
विराटनगर । उदयपुरको त्रियुगा खोलामा माछा मार्न जाने क्रममा एक पुरुष बेपत्ता भएका छन् ।
चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए ।
दिउँसो ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।
बेपत्ता राईको खोजी गए रातिसम्म जारी राखिए पनि फेला पार्न सकिएको थिएन ।
आज पनि बिहानदेखि पुनः खोजी कार्य सुरु गरिएको सूचना अधिकारी दोङले बताए ।
बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।























