पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी : एमाले पार्टी कार्यालय पुगिन्, कार्यकर्तालाई सम्बोधन गरिन्

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १३:५०

विराटनगर । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको पार्टी कार्यालय पुगेकी छन् ।

पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन अवज्ञा गर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेकी हुन् । उनले त्यहाँ उपस्थित एमाले कार्यकर्तालाई सम्बोधनसमेत गरिन् ।

पार्टी कार्यालय पुग्नेबित्तिकै उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेकी छन् । मंगलबार दिउँसो पार्टी कार्यालय पुग्नसाथ उनले ३ नेताको शालिकामा माल्यार्पण गरेकी हुन् ।

एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नराख्न निर्देशन दिएको थियो । पार्टी कार्यालय अवलोकनका लागि भन्दै पुगेकी उनलाई एमाले जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरुले स्वागत गरेका थिए ।

जिल्ला र नगरको नेतृत्वमा भण्डारी समूहको वर्चश्व छ । भण्डारी पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली अर्थात् सांस्थापन पक्षका नेता कार्यकर्ताहरु भने पार्टी कार्यालय गएनन् ।

एमाले संस्थापन पक्षले भण्डारी सहभागी कार्यक्रममा नजानु भनेर कार्यकर्तालाई उर्दी नै जारी गरेको थियो । भण्डारीले कार्याकर्तालाई सम्बोधन गर्दै भूकम्पपछि पहिलोपटक पार्टी कार्यालय आउन पाएको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.