तिजलाई स्वतन्त्रता र सशक्तीकरणको पर्वका रूपमा लिनुपर्छ : उपसभामुख दनुवार

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १७:४३

विराटनगर । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहँदा तिजलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वका रूपमा लिएको बताएकी छिन् ।

मंगलबार प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण तिज आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्ने माध्यम बनेको उनको भनाइ छ ।

तीजलाई भड्किलो  बनाउन नहुने बताउँदै उपसभामुख दनुवारले भनिन्,’पहिले–पहिले तीजमा भए पनि नभए पनि गहना लगाउने चलन थियो, तर अहिले त्यो चलन कम हुँदै गएको छ ।’

उनले तीज पर्वले समाजमा एकताको भावना अभिवृद्धि गर्न सफल भएको पनि बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.