झुम्का कारागारका १ कैदीको मृत्यु

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार ११:१३
झुम्का कारागारमा एक जना बन्दीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारका १ कैदीको मृत्यु भएको छ ।

२८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए ।

लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए ।

भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका १२ मा बस्दै आएका राई बुधबार विहान करिव ५ः१५ बजे अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो ।

उपचारको क्रममा विहान करिब ५ः४५ बजे उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.