
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका हुन् ।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।
प्रधानमन्त्री अस्वस्थ भएसँगै प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।
























