उपसभामुख हटाउन खोजेको भन्दै रास्वपाको आपत्ति

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १५:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गर्दै पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले कांग्रेस र एमालेको कदमले लोकतन्त्र नै कमजोर हुने बताए। लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई अवमूल्यन गर्न खोजेका उनको भनाइ छ।

उनले रास्वपालाई निषेध गर्न खोजेको भन्दै त्यस्तो प्रयास सफल नहुने दाबी गरे। परियारले बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई गरेको आक्रमण टुलुटुलु हेरेर बस्ने नसक्ने चेतावनी दिए।

उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाउन आग्रह गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.