पतञ्जलि  महानगर अध्यक्षमा माधव अधिकारी 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार २०:२५
पतञ्जलि  महानगर अध्यक्षमा माधव अधिकारी 

विराटनगर । पतञ्जलि योग विराटनगर महानगर समितिको अध्यक्षमा माधव अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार भएको भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

महासचिवमा धनबहादुर बस्नेत (डिबी),  संगठन सचिवमा चूडामणि घिमिरे (गोपाल), कोषाध्यक्षमा शिवप्रसाद आचार्य, सचिव चक्रप्रसाद  लुइँटेल, मिडिया प्रभारीमा आकाश अग्रवाल,  प्रशिक्षण विभाग अध्यक्षमा तेजराज कोइराला चयन भए ।

त्यस्तै, सदस्यहरूमा रामप्रसाद कोइराला, शिवराज शिवाकोटी, लक्ष्मण  सोनी र रामनारायण चौधरी चयन भएका छन् । समितिको उपाध्यक्ष र केही सदस्यहरूपछि थप गरी पूर्णता दिने सहमति भएको बताइएको छ ।

ज्येष्ठ सदस्य योग शिक्षक प्रेमप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जलि योग समिति मोरङका अध्यक्ष सुरेशकुमार अग्रवाल, महिला पतञ्जलि योग विराटनगर महानगर समिति अध्यक्ष कुमारी तामाङ, महासचिव दीपा बस्नेत, जिल्ला सचिव दामोदर पोखरेल, महानगर महिला सचिव यशोदा मैनाली, कोषाध्यक्ष  ज्ञानु न्यौपानेलगायतले वर्तमान परिस्थितिले गर्दा बृहत् भेलाको आयोजना गर्नु परेको बताएका थिए।

नवनिर्वाचित अध्यक्ष अधिकारीले कमिटीलाई पूर्णता दिँदै सबैलाई समेटेर अगाडि बढ्ने बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.