पश्चिमका केही ठाउँमा ठूलो वर्षा, कस्तो रहला आजको मौसम ?

Share this
622shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ६, शुक्रबार ०६:१३

विराटनगर । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ ।

कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो ।

अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ ।

काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.