
काठमाडाैं । कानून चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफू सुरूवातदेखि निरन्तर संसदमा रहेको तर पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानी हुने गरेको उनकाे भनाइ छ ।
‘पछिल्लो समय आउँदा त कानून त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला,’ उनले भने।
उनले संविधानमा लेखिएका कुराहरु किन कार्यान्वयन गरिएन भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको पनि बताए ।
























