एमाले सुनसरी अध्यक्षको जिम्मेवारी यादवलाई

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ८, आइतबार १९:४३

विराटनगर । नेकपा (एमाले) नेता परशुराम यादवले सुनसरी जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् । उनी यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए ।

जिल्ला अध्यक्ष निलम खनालको २०८१ जेठ २४ गते निधन भएपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । आइतबार बसेको जिल्ला कमिटीको छैठौं बैठकले यादवलाई अध्यक्ष चयन गरेको हो ।

२०८१ जेठ ५ देखि ७ गते खनाल जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुँदा यादव उपाध्यक्ष निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.