संसदीय सुनुवाइ समितिबाट न्यौपानेको राजीनामा

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १०, मंगलबार १४:४८

काठमाडौं । संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट मंगलबार राजीनामा दिएकी छन् ।

नेपाली कांग्रेसले उनलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेसँगै उनले सुनुवाइ समितिबाट राजीनामा दिएकी हुन् । उनले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा बुझाइन् ।

न्यौपानेको राजीनामा दर्ता समेत भइसकेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.