राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १०, मंगलबार १६:५५

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन् ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । खतिवडाको राजीनामासँगै रिक्त रहेको पदका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका थियो ।

दिउँसो १ देखि ४ बजेसम्म तय गरिएको समयमा न्यौपानेको मात्रै उम्मेदवारी परेको हो । निर्धातिर समयमा १ जनाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापति भएकी हुन् । तर, उनी सभापतिमा निर्वाचित भएको घोषणा भइसकेको छैन ।

राज्य व्यवस्था समितिको बुधबार दिउँसो बस्ने बैठकले न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा गर्ने छ । न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति थिइन् । कांग्रेसले राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि उनले संसदीय सुनुवाइ समितिबाट राजीनामा दिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.