रजस्वला, ऋषिपञ्चमी र छाउगोठ

Share this
690shares
मुलुकी खबर
अरुणा उप्रेती
clock२०८२ भाद्र १२, बिहीबार ११:२६

महिलाहरू विचार गर्नुस् त, रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदी रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भए सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट  बनेको बच्चा कसरी पवित्र भयो होला  ?

१४ वर्ष वनबास बस्दा सीताले ऋषि पञ्चमीको व्रत लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन । न त द्रोपदीले १२ वर्ष वनबास एक वर्ष गुप्तवास बस्दा ‘छुइ’ भएर बसेको र पाण्डवहरुले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ । त्यो बेलामा कि उनीहरुले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?

पञ्चमीको व्रतका नाममा नारीहरूको अपमानका साथै यी पर्वको व्यापारीकरण भइरहेको छ, महिला मौन छन् ? अपमानित र व्यापारीकरण भएको उनीहरूलाई पत्तै छैन ।

यो प्रश्न मैले आफुलाई शायद १२ वर्षको उमेरमा गरेकि थिएँ कि क्या हो । मैले कहिले महिनावारीलाई पापको रुपमा हेरिन र नजानेर एउटा क्रान्ति नै गरेकी थिएं ।

१२ वर्षको उमेरमा म पहिलो चोटी महिनावारी हुदाँ, भोलिपल्ट घटस्थापना थियो । यदी मैले आफूलाई महिनावारी भएको कुरा जानकारी दिएकाे भए आमाले १२ दिनसम्म अध्याँरो कोठामा राखिदिनु हुन्थ्याे, अनि मेरो दशैंमा मीठो खाने,नयाँ लुगा लगाउने, दक्षिण पाएर अनेक थरिक चिज किन्ने, तास खेल्ने, चंगा उडउने सबै कुरा हराँउछन् भन्ने डरले मैले भन्दै भनिन् ।

त्यो बेलाको महिनबारिमा मैले मन्दिर गएको, श्राद्धमा भाग लिएको पाप पखाल्न ऋषि पञ्चमीको व्रत मैले कति जन्मसम्म बस्ने पर्ने हो मलाई कुनै धर्म गुरुले भनिदिनुहोला होला ?  यदी साँची नै रजस्वला हुदाँ भगवानको मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागि सक्थ्योे होला ?

एक  धर्मगुरुले मलाई भनेका थिए “रजस्वला हुँदा जुन रगत जान्छ त्यसमा कीटाणु हुन्छन् रे , दूषित कीटाणुका कारण नै मन्दिर र भान्साको प्रवेशमा पनि रोक लगाइएको हो । शास्त्रमा लेखिएको कुरा साँचो हुन्छ । “

कसले गुरुलाई यस्तो पाठ पढायो ? यदि दुषित किटाणु रजस्वलाको रगतमा हुन्छ ? भने त्यही रजबाट सृजित पण्डितजी पनि दुषित हुने हो कि ?

हिन्दु संस्कृति भित्र महिलाको पाप पखाल्न ऋषि पञ्चमीको व्रत लिन लगाउने पण्डितले पुरुषको पाप पखाल्न के वर्त लिने सल्लाह दिन्छन् होला ?

“महिलाहरुको महिनावारी हुनु भनेको पाप हो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पचंमीको बर्तबस्नुपर्छ” भनेर सानै देखि सिकाइएकोले होला हिन्दु महिलाहरु पण्डितजीको भयको कारणले  व्रत बस्छन् ।

फेरि कस्तो अचम्म छ महिनावारीका बेलामा छोएको पाप केबल हिन्दु महिलालाई मात्र किन लाग्ने होला ? अन्य धर्मका महिलाहरुको रगत  शरीर नै भिन्दै थरिको हुन्छ कि के हो ? हिन्दु महिलालाई रजस्वला हुदाँ छोएको पाप पखाल्न पर्ने तर मुस्लिम, क्रिश्चियनले नपर्ने ? नेपालका पनि विभिन्न जात जस्तो तामाङ, गुरुङ शेर्पा, मगर माझीसमुदायका महिलाहरुको रजस्वला हुँदा चाँही पाप नलाग्ने ? उनीहरुले ऋषी पञ्चमीको व्रत बस्न नपर्ने ?

भारतकाे आसामको कामख्या मन्दिर पनि रजस्वला हुन्छिन भन्ने मान्यता छ । त्यो बेलामा उनले प्रयोग गरेको कपडा चाँही अति शुभ मानेर भक्तजनले लैजान्छन रे । कामाख्यादेवी नै महिनावारी हुदाँ चाँही पण्डितको भनाइ अनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेलामा भएन र ?

यस्तो प्रश्न पण्डित जीलाई कसले गर्ला ? ऋषि पञ्चमीममा व्रत बसेर शहरका महिलाले पाप पखाल्नु पर्छ भन्नु र महिनावारी हुँदा महिलाहरु छाउगोठ, बस्नुपर्छ भन्ने मानसिकता एउटै हो ?

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×