ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक भुजेलको मृत्यु 

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १३:२६
ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक भुजेलको मृत्यु 

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको शुक्रबार (आज) मृत्यु भएको छ ।

झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय भुजेलको ड्युटी जाने क्रममा कार्यालय परिसरबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भई भुइँमा लडेका थिए ।

बेहोस भई लडेका असई भुजेललाई तत्कालकै जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ड्युटीका लागि हिँडेका भुजेललाई हृदयाघात भई लडे हुनसक्ने अनुमान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.