
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिमरा विमानस्थलमा ५१ किलोको माला लगाउँदै स्वागत गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत् महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् ।
सिमराबाट पूर्व राष्ट्रपति भण्डारी गाडीमा वीरगञ्ज पुगेकी हुन् । भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो ।
एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरे थिए ।
नेकपा एमालेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेस प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
























