
थियानजिन । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन जनवादी गणतन्त्र चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भेटवार्ता भएको छ ।
थियानजिनस्थित अतिथि गृहमा दुई पक्षीय भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्ष, आपसी सहयोगका कार्यक्रम र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपति सीको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार नै हिमालय एयरलाइन्समार्फत थियानजिन पुगेका थिए ।
उनको स्वागतका लागि चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका राजदूत चेन सोङ विमानस्थलमा उपस्थित थिए । भेटवार्तापछि २ देशबीच आपसी विश्वास र साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । शिखर सम्मेलनका क्रममा नेपाल र चीनबीच थप द्विपक्षीय कार्यक्रमहरू तय हुने अपेक्षा गरिएको छ ।
























