ओली चीन गएपछि ईश्वर पोखरेल बने एमालेको कार्यवाहक अध्यक्ष

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार १८:५२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( एमाले)का अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणका गएपछि पोखरेलले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको गौतमले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.