
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएकी छन् ।
छाती दुख्ने समस्या देखिएपछि उनको उपचार सुरु गरिएको हो । अध्यक्ष श्रेष्ठलाई मुटुको पुरानै समस्या थियो । गत वर्ष मुटुको शल्यक्रिया समेत गराएकी थिइन् ।
पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको सचिवालयले जनाएको छ।
























