
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले जाने भएका छन् ।
उपसभापति वाग्ले प्रहरीको साइबर ब्युरोमा उजुरी गर्न जान लागेका हुन् । उनी आफ्नो स्वर जस्तै बनाएर आफूविरुद्ध षड्यन्त्र गर्नेलाई कारबाहीका लागि जान लागेको बताइएको छ ।
वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ।
उक्त आवाज डिप फेक भएको र त्यसविरुद्ध साइबर ब्युरोमा उपसभापति वाग्लेले उजुरी दिन लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको झाले बताए ।























