संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरिको मनोनयन

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार १५:४६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् । उनले बिहीबार समितिको सभापति पदमा आफ्नो उम्मेदवारी पेस गरेका हुन् ।

गत साउन २८ गते उनले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए । संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा संसदीय विशेष समितिले गरेका संशोधन प्रयासबारे व्यापक आलोचना भएपछि खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । त्यसैपछि उनले सभापति पद छोडेका हुन्

तर, कांग्रेसले उनलाई फेरि महत्त्वपूर्ण भूमिकामा अघि सारेको छ । पार्टीले निर्णय गर्दै संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडालाई अघि बढाउने अठोट लिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.