पत्रकार महासंघद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार १७:४०

काठमाडौं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ ।

महासंघले प्रेस विज्ञप्तिमा भनेको छ, ‘दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउँछ र नागरिकको सूचनाको हक प्रभावित हुन सक्छ ।’ महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्ति अनुसार महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा भए पनि प्रेस स्वतन्त्रतामा असर पार्ने कुनै कदम स्वीकार्दैन ।

महासंघले सम्बन्धित पक्षसँग तत्काल नियन्त्रण हटाउन जोडदार माग गरेको छ । दर्ता नभएका सञ्जाल सरकारले बन्द गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.