कर्ण थापालाई फरक मत राख्न रोक (पूर्णपाठ)

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २१, शनिबार १४:२६

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्न खोजेको फरक मतलाई अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएका छन् ।

थापाले महाधिवेशनको हलमै आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, अध्यक्ष ओलीले यस्तो कुरा हलमा ल्याउनुपर्ने नभइ समूहगत छलफलमै राख्नुपर्ने भन्दै उनलाई रोकेका हुन् ।

अहिले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर छलफल भइरहेको छ । थापाको फरक मतसमेत प्रतिनिधिहरूलाई वितरण गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको मतमाथि हलमै बहस नगरी समूहको छलफलमा राख्न सुझाइएको बताए । उनले भने, ‘छलफलमा रोक लगाइएको होइन । उहाँलाई समूहमा राख्न भनिएको हो ।’

थापाले प्रस्तुत गरेको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको विषय, विधान मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर सीमा, २ कार्यकालको प्रावधानलगायतका संवेदनशील विषय समावेश छन् । पार्टीका निर्णय प्रक्रिया, घटनाक्रम र बहुदलीय जनवादको संरक्षणबारे पनि उनले विस्तृत टिप्पणी गर्दै आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

उनले विशेषगरी उमेर सीमा हटाउने, २ कार्यकालको व्यवस्था संशोधन गर्ने र विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार गर्नुपर्ने माग राखेका छन् । थापाले दर्ता गराएको फरक मत ३२ पृष्ठ लामो छ ।

यस्तो छ फरक मत

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.