
विराटनगर । विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं स्थापना दिवसको अवसरमा ३ जनालाई पुरस्कृत गर्ने भएको छ ।
असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा पुरस्कृत गर्ने भएको हाे ।
साधारणसभामा किशोरी खतिवडा स्मृति पुरस्कार पूर्वकर्मचारी इन्दिरा रिजाल (काठमाण्डौं )लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी १५ हजार रहेको छ ।
दधीराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर) लाई प्रदान गरिने छ । पुरस्कारको राशी ११ हजार रहेको छ ।
हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ ।
२०५५ साल साउन ४ गते स्थापित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले १ हजार ८९३ जना शेयर सदस्य छन् ।
वार्षिक साधारणसभामा पेश गरिने नीति कार्यक्रम, बजेट तथा कार्यविधि निर्माण सम्बन्धी विस्तारित मञ्च तथा सम्मान पुरस्कार घोषणा कार्यक्रममा पुरस्कार घाेषणा गरिएको सचिव ओम सुवेदीले जानकारी दिए ।























