एमाले विधान महाधिवेशन आज सकिदै

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २२, आइतबार ०८:१३

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् ।

समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।

अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ ।

समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा  गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ ।

बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ ।

पार्टीको नीति र विधि तय गर्न शुक्रबारदेखि विधान महाधिवेशन जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.