चन्द्रग्रहण सुरु हुँदै

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २२, आइतबार १८:१०

विराटनगर । भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ । यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु हुनेछ । ग्रहण राति १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिनेछ ।

चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

खगोल विज्ञानका अनुसार सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर, जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.