प्रधानमन्त्री ओलीलाई देउवाको फोन : सामाजिक सञ्जाल आजै खोल्नु

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १९:३१

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले साेमबारबाटै सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि देउवाले ओलीलाई फोन गरेर बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न आग्रह गरेका हुन् ।

पदाधिकारी बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको र यो निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराइसकिएको बताए ।

कांग्रेस बैठकमा गृहमन्त्री रमेश लेखकबारे पनि छलफल भएको छ । केही नेताहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्रीको राजीनामा मागेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.