
विराटनगर । जेनजी आन्दोलन नियन्त्रण बाहिर पुगेछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
लेखकले आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी कांग्रेस पदाधिकारी बैठकमा गराएका थिए । जेनजीले काठमाडौंसहित देशभरका विभिन्न सहरमा गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।
करिब ३ सय जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान छ । आन्दोलन र त्यसपछि भएको क्षतिका कारण प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लेखकसहित सरकारको आलोचना भइरहेको छ ।



















