
काठमाडौं । ललितपुरको च्यासलस्थित सत्तारुढ नेकपा (एमाले)को पार्टी कार्यालयमा आगजनी गरिएको छ ।
च्यासलको एमाले केन्द्रीय कार्यालयमा आगजनी गरिएको हो । जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनी गरिएको एमालेले जनाएको छ ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी चक्रराज जोशीले पार्टी कार्यालयमा आगजनी गरिनुका साथै ढुंगामुढा पनि भइरहेको जानकारी दिए । प्रहरीले नियन्त्रणको प्रयास गरे पनि सम्भव हुन सकिरहेको छैन ।
























