
काठमाडौं । संघीय मन्त्रिपरिषद्मा रहेका रहेका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् ।
चौधरी नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला पक्षधर हुन् । कोइराला नेतृत्वको समूहका मन्त्रीहरूले एकपछि अर्को गर्दै सरकारबाट बाहिरिने क्रममा चौधरीले पनि पदत्याग गरेका हुन् ।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले समेत पदत्याग गरेका थिए । खानेपानीमन्त्री प्रदीप यादवले समेत राजीनामा दिइसकेका छन् ।
























