मुख्यसचिव र सुरक्षा निकायको अपिल : प्रधानमन्त्रीले राजीनामा दिए, संयम हुनुहोस्

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १५:२४

विराटनगर । आन्दोलनरत पक्षलाई संयम हुन मुख्यसचिवसहित सुरक्षा निकायका प्रमुखहरुले अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि मंगलबार मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिंग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, सशत्र प्रहरी महानिरिक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त अपिल जारी गर्दै संयम हुन अपिल गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.