बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार ११:४९

बाँके । बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा मंगलबार राति दोहोरो झडप हुँदा ५ जना बाल बिज्याइँकर्ताको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार मृतकहरु दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । झडपमा परेर घाइते भएकालाई तत्कालै नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो ।

तर, उपचारको क्रममा ५ जनाले ज्यान गुमाए । बाँकी २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाल सुधारगृहभित्र के कारणले झडप सुरु भयो भन्ने प्रष्ट खुल्न सकेको छैन । तर, राति बाल बिज्याइँकर्ताबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान छ ।

घटनापछि प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएको भए पनि हिंसात्मक झडपका कारण ठूलो क्षति भएको हो । यसअघि पनि बाल सुधारगृहमा झडप, तोडफोड र आगजनीका घटना भइरहेका थिए ।

तर, यसपटक ज्यानै जाने गरी ठूलो दुर्घटना भएको छ । प्रहरी र स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.