रामेछाप कारागारबाट भाग्न खोज्ने २ कैदीबन्दी मृत्यु 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार ११:१९

काठमाडौं । रामेछाप जिल्ला कारागारमा रहेका २ जना कैदीबन्दीको बिहीबार बिहान मृत्यु भएको छ।

कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबन्दीबीच झडप हुँदा नेपाली सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेल तोडेर भाग्न खोजेपछि कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गरे पनि विफल हुँदै गएपछि सेनाले बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा १४ जना कैदीबन्दीलाई गोली लागेर घाइते भएका छन् । उनीहरूको रामेछाप जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रामेछाप कारागारमा ३३४ जना कैदीबन्दी रहेका छन् । हाल कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाली सुरक्षा दिइरहेको बताइएको छ । जेन्जीको आन्दोलनपछि देशका विभिन्न कारागारमा झडप हुने क्रम जारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.