जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, ३ प्रहरी र १ भारतीय महिला पनि

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १३:३०

काठमाडौं । देशभरि चलेको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौंसहित विभिन्न जिल्लामा गरी ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकमध्ये ३ जना प्रहरी र १ भारतीय महिला पनि रहेको प्रहरीले जनाएको छ । पहिलो दिनको भिडन्तमै २१ जनाको ज्यान गएको थियो भने पछिल्ला घटनासम्म आइपुग्दा संख्या बढ्दै गइरहेको छ ।

प्रहरीले दिएको विवरणअनुसार कैदीमात्रै ९ जना मारिएका छन् । त्यसमध्ये बाल सुधारगृहमा रहेका ५ जनाले ज्यान गुमाए भने अन्य केही जलेको अवस्थामा मृत भेटिएका छन् ।

ज्यान गुमाउनेको विस्तृत सूची संकलन भइरहेको र घाइतेहरूको उपचार विभिन्न अस्पतालमा जारी रहेको जानकारी घिमिरेले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.