
काठमाडौं । जेनजी आन्दोलनका कारण नेपाली सेनाले सुरक्षामा रहेका निवर्तमान मन्त्रीहरूलाई क्रमशः घर पठाउन सुरु गरिएको छ ।
आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्य र पार्टी प्रमुखहरूलाई सेनाले ‘सुरक्षार्थ’ भन्दै नियन्त्रणमा लिएको थियो । उनीहरूलाई छुट्टाछुट्टै गणमा राखिएको थियो ।
भैरवनाथ गणमा राखिएका केही निवर्तमान मन्त्रीहरूलाई शनिबार सेनाले घर पठाएको स्रोतले जनाएको छ । सेनाले नियन्त्रणमा राखेकाहरूमाथि बाहिरी सम्पर्कमा प्रतिबन्ध लगाएको थियो ।
खासगरी मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको थियो । तर, सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएपछि उनीहरूलाई मोबाइल प्रयोग गर्न अनुमति दिइएको थियो ।
























