मृतकका परिवारलाई १५ लाख दिने निर्णय

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १९:२१

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाख रुपैयाँमा थप ५ लाख रुपैयाँ दिने निर्णय भएको हो ।

साथै, मृतकको शव सम्बन्धित स्थानमा पुर्‍याउन सरकारले आवश्यक सहजीकरण गर्नेछ । सरकारको यो कदमलाई जेनजी आन्दोलनका मृतक परिवारलाई आर्थिक राहतसहित मृतकप्रतिको राष्ट्रिय सम्मान र सम्मानजनक अन्त्येष्टि सुनिश्चित गर्ने पहलको रूपमा लिइएको छ ।

त्यस्तै, सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा स्मारक पार्क बनाउने निर्णय भएको हो ।

मन्त्री अर्यालका अनुसार पार्क निर्माण गर्ने स्थान पछि सुनिश्चित गरिनेछ । ‘स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मार्क पार्क बनाउने निर्णय मात्रै भएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.