आगजनी र लुटपाटको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको निर्णय

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १९:३९

काठमाडौं । सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी र लुटपाटसँग सम्बन्धित घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सैद्धान्तिक निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीशको संयोजकत्वमा उक्त न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने, ‘आज सैद्धान्तिक निर्णय भयो । आयोगको नेतृत्व र सदस्यता कसरी हुने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्नेछ ।’

गृहमन्त्री अर्यालका अनुसार सरकारको उद्देश्य जेनजी प्रदर्शनको क्रममा भएको क्षति र ज्यादतीबारे निष्पक्ष छानबिन गर्नु हो । ‘जुन जनधनको क्षति भयो, त्यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ । आयोगको प्रतिवेदनको आधारमा आगामी कदम चालिनेछ,’ उनले थपे ।

अधिकारिक रूपमा आयोगको संरचना र सदस्यहरूको चयनबारे टुंगो लागेको छैन । समितिको संयोजकमा पूर्वन्यायाधीश रहनेछन् । गृहमन्त्री अर्यालले भने, ‘उपयुक्त व्यक्ति छानिनु पर्नेछ । अहिलेसम्म टुंगो लागेको छैन । तर, पूर्व न्यायाधीश नै संयोजक हुने सम्भावना छ ।’

सरकारले गठन गर्न लागेको उच्चस्तरीय न्यायिक आयोगले आगजनी, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गरिएका घटनाहरूको पारदर्शी छानबिन गरी प्रतिवेदन तयार गर्ने छ । जसका आधारमा भविष्यमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चालिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.