
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
उनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयमार्फत संसद् सचिवालयलाई जानकारी गराइएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको पुष्टि गरे ।
प्रतिनिधिसभा यसअघि नै विघटन भइसकेको र अहिले राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य भइसकेकाले संघीय संसद् औपचारिक रूपमा बन्द अवस्थामा पुगेको छ ।
























