प्रदेशसभाका सभामुखले दिए राजीनामा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १२:४४
प्रदेश सभाका सभामुखले दिए राजीनामा

विराटनगर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट बुधबार राजीनामा दिएका छन् ।

उनले जेनजी आन्दोलनका क्रममा राज्यबाट अत्यधिक बल प्रयोग भएको र उक्त घटनाले आफूलाई मर्माहत बनाएको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उपसभामुखलाई सम्बोधन गरिएको राजीनामा पत्रमा पाठकले राष्ट्र रोएका समय नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुने उल्लेख गरेका छन् ।

पाठक राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । राप्रपाले आन्दोलन सुरु भएकै दिन गत भदौ २३ गते केन्द्र र प्रदेशसभाका सबै सांसदको राजीनामा घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.