
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुँदैछ । प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो उनीहरूबिच टेलिफोन संवाद हुनेछ ।
बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । प्रधानमन्त्रीज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो,’ गृहमन्त्री ओमप्रकाश अर्यालले भनेका थिए,‘बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।’
बुधबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।
























