कस्तो छ शुक्रबारकाे माैसम ?

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३, शुक्रबार ०७:०४

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको बताएको छ ।

विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.