
काठमाडौं । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका नेताहरुले नयाँ पार्टी घोषणा गरेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा डाक्टर सञ्जयकुमार साहको अध्यक्षतामा ‘जनस्वराज’ पार्टी गठन गरेका हुन् ।
पार्टीको अध्यक्ष कसैलाई नबनाएको नेता दीपक साहले बताए ।
पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ । साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ । सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । प्रशिक्षण विभागको जिम्मेवारी डाक्टर सञ्जयकुमार साहलाई दिइएको छ ।
























